टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

आइतबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा ९२ रन बनाएका छन् । करण केसीले ६ रन बनाए । ओपनर आसिफ सेखले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गर्दा गुल्सन झाले १२ बलमा १९ रन बनाए ।

कप्तान रोहित पौडेलले १४ बलमा १८ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाउन सके । अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुई/दुई विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *