अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज नेपालले जित्यो

काठमाडौं । नेपालले घरेलु टोली अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज जितेको छ । आइतबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको सिरिजको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो ।

अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन मात्र बनाएपछि खेल सुपरओभरमा गएको थियो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा ९२ रन बनाए ।

करण केसीले ६ रन बनाए । ओपनर आसिफ सेख एक रनमा आउट भए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गर्दा गुल्सन झाले १२ बलमा १९ रन बनाए । कप्तान रोहित पौडेलले १४ बलमा १८ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाउन सके ।

यसअघि तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । त्यस खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए ।

सम्बन्धीत समाचार

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

टी-२० आई सिरिज : नेपाल र अमेरिकाबीचको खेल सुपरओभरमा

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई हरायो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *