इजरायली आक्रमणबीच इटालियन प्रधानमन्त्री लेबनान भ्रमणमा

काठमाडौं । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले हिजबुल्लाह–इजरायली द्वन्द्वमा फसेका लेबनानी जनतालाई समर्थनको सन्देश दिन लेबनानको भ्रमण गरेकी छन् ।

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मेलोनीले लेबनानमा आफ्नो उपस्थितिको उद्देश्य द्वन्द्वका परिणामबाट पीडित नागरिकप्रति ऐक्यवद्धता र निकटता व्यक्त गर्नु रहेको बताइ् ।

आफ्नो पक्षका लागि मिकातीले इजरायललाई युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न, संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ लागू गर्न र लेबनानी सार्वभौमसत्ताको कुनैपनि उल्लङ्घन बन्द गर्न इजरायललाई आग्रह गरिन् । उनले युनिफिल सेनासँगको सहकार्यमा आफ्नो कर्तव्य पूरा गर्न दक्षिणमा सेनाको उपस्थितिलाई बलियो बनाउन सरकारको तयारीमा जोड दिइन् ।

इटालीले लेबनान र लेबनानीहरु विरुद्ध चलिरहेको आक्रामकता रोक्न प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *