प्रेस विज्ञप्ति

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई ‘हार्ड रक क्याफे’ मा विशेष छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई ‘हार्ड रक क्याफे’ मा विशेष छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’, काठमाडौं बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरूलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विशेष छुट दिने भएको हो ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *