‘सहकारी छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही सुरु भइसक्यो’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताएका छन् ।

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर शुरुवाती कारबाही शुरु भएको बताए ।

उनले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताए । उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए ।

उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताए ।

उनले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ( नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिए ।

उनले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताए ।

उनले भने– ‘हामीले सय दिनको हनिमुन पिरेड पार गर्दैछौँ । यो सय दिनभित्र नेपाल सरकारको तर्फबाट विभिन्न मन्त्रालयलाई दिइएको जिम्मेवारी कहाँकहाँ पूरा भएको छ भन्ने बारेमा अब रिपोर्ट कलेक्शन हुँदैछ । हाम्रो मन्त्रालयलाई १५ वटा जिम्मेवारी दिएको थियो । त्यसमा सबै जिम्मेवारी पूरा गरेका छाँै । १८ घण्टा काम गरेको राससलाई २४ घण्टा काम गर्ने बनाउ भनिएको थियो, त्यो हामीले बनाइसकेका छौँ । राससबाट थप दुई मातृ भाषामा नेपाल भाषा र मैथिली भाषामा पनि समाचार संप्रेषण गर्न भनिएको थियो, हामीले पूरा गरिसकेका छौँ । नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गरेका छौँ । नेपाल भाषामा । २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप भनिएको थियो, दनुवार भाषा थपिसकेका छौँ । एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएको थियो त्यो सम्पन्न गरिसकेका छौँ । गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको छ । ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको छ । सहकारीको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा छौँ हामी । प्रतिवेदनले औंल्याएका व्यक्तिलाई कारबाही गर्ने शुरुवात मात्रै भएको हो ।’

सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताए ।

उनले ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *