आहा बन्दीपुर ! (तस्बिरहरु)

काठमाडौं । तनहुँको वन्दीपुरमा चिसो बढेसँगै र विदाका दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू बन्दीपुर घुम्न आउने गर्दछन् ।

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ ।

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य वन्दीपुरबाट पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम शृङ्खलाका सयौँ चुचुरा देख्न सकिन्छ ।

प्रमुख आकर्षण दोहोरो लाइण्न मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र ढुङ्गा टाँसिएको राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।

अन्य दिनमा भन्दा चिसो मौसम र विदाको दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । वन्दीपुरको हरेक घरहरूमा पसल र होटल रहेका छन् । हरेक घरहरू पुराना र भक्तपुरे शैलीमा निर्माण गरिएका काठहरूमा हस्तकला रहेको छ । पुराना काठका घरहरू र मन्दिरहरूलाई मर्मत गरि श्रृङ्गारिएको छ ।

वन्दीपुर बजारभित्र भने सवारी साधन प्रवेश निषेध गरिएको छ । सफा र स्वच्छ देखिने वन्दीपुरको बाटोहरू ढुङ्गाले बनाइएको छ ।

वन्दीपुरमा विभिन्न विद्यालय देखि विभिन्न समूहहरूमा पनि पिकनिक खान आउने गर्दछन् । नाच गान गरि रमाइलो गर्ने गर्दछन् । अन्य महिनाहरूमा भन्दा जाडो मौसममा धेरै मानिसहरूको आगमन हुने गर्दछ । स्वच्छ र सफा रहेको वन्दीपुर पर्यटकहरूको लागि निकै नै आकर्षित रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *