मखमली टिप्न व्यस्त बन्दै गुँडुका किसान (तस्बिरहरू) 

काठमाडौँ । फुलै फूलको पर्व भनेर चिनिने तिहारमा मखमली फूलको विशेष महत्व हुन्छ । कहिल्यै नओइलिने भएकोले मखमली फूललाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले नेपाली दिदीबहिनीहरूले तिहारमा दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लगाइदिने गरेका छन् ।

त्यसो त तिहार नजिकिँदै गर्दा गाउँघरका आँगन, डिल र खेतबारीमा पहेँलो सयपत्री र गाढा कलेजी तथा हल्का रातो रङ्गमा फुल्ने मखमली फूलहरू ढकमक्क फुल्न थालिसकेका छन् । तर काठमाडौं उपत्यकाका लागि मखमली फूलको पकेट क्षेत्र भनेर सूर्यविनायक नगरपालिका ७ मा रहेको गुँडुलाइ मानिन्छ ।

गुँडुका किसानहरू पनि यतिखेर मखमली फूल टिपेर माला उन्न व्यस्त छन् । मखमली फूल कहिल्यै नओइलिने भएकोले उनीहरू तिहार अगावै माला तयार पार्ने गर्दछन् ।

 हेर्नुहोस् तस्बिरमा मकालुखबरले क्यामेरामा कैद गरेको मखमली टिप्दै गरेका गुँडुका किसानहरूको व्यस्त दैनिकी :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *