एनपिएल : पोखरा एभेन्जर्समा नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध

काठमाडौं । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका २४ वर्षीय क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो ।

यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका लिडे नेदरल्यान्ड्सका लागि ३८ टि-२० आई खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *