इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्टोद्वारा शपथ ग्रहण

काठमाडौं । इण्डोनेसियाका पूर्व सेनाका जनरल प्राबोवो सुब्यान्टोले आइतबार संसद भवनमा देशको आठौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । जसले विगत एक दशकदेखि विश्वको चौथो सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रको नेतृत्व गरेका जोको विडोडोको उत्तराधिकारी बनेका छन् ।

आफ्नो उद्घाटन भाषणमा प्राबोवोले सबै इण्डोनेसियालीहरूलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राष्ट्र र राज्यको हितलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *