सितापाइलामा इभी गाडीमा लाग्यो आगो

काठमाडौं । काठमाण्डौको सितापाइलामा विद्युतीय गाडीमा आगलागी भएको छ ।

सोमबार विद्युतीय गाडी सिरिज इभीमा आगलागी भएको स्वयम्भु प्रहरीले मकालुखबरलाई जानकारी दियो ।

सितापाइला चोक नजिकै पार्किङ गरेर राखिएको बागमती प्रदेश ०१०२९ च ५९६० नम्बरको सिरिज इभीमा आगलागी भएको हो ।

पार्किङ गरेर राखिएको गाडी एक्कासि आगलागी भएपछि स्वयम्भु प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *