विराटनगरबाट एक सय तीन किलो गाँजा बरामद

काठमाडौँ । विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३ किलोग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एडब्लु ३७७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिक्कीबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *