वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो : प्रमुख महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताए ।

उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताए । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ ।

उनले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताए ।

उनले भने– ‘थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि, भन्ने किसिमको भयो । तर साँच्चै नै आउँदा महाभारत भयो । के गर्ने के गर्ने भयो । त्यसले धेरै वितण्डा मच्चायो । हामी ललितपुर महानगरपालिका हामीले क्लेम गर्दै आइरहेका छौँ की विपद्मा ललितपुर महानगरपालिका यो मुलुकको ७५३ वटा पालिकामध्ये हामी अब्बल छौँ भनेर । तर त्यो दिन हामीले मार्जिनली सेवा प्रवाह ग¥यौँ । तर जति गर्नुपर्ने थियो त्यति गर्न सकेनौँ । त्यसबाट हामीले पाठ सिक्यौँ । भूकम्प आयो भने सबैले धेरै ध्यान दिने, बाढीलाई ध्यान नदिने ? जुन कुरा वर्षैपिच्छे आइरहन्छ । यस वर्ष बेस्सरी आयो । २०३८ सालको असोज १३ गते लेले बगाएर ल्याएको थियो ।’

मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताए । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *