दल फुटाउने अध्यादेश ल्याउनु हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन नहुने बताएका छन् ।

उनले दलहरू फुट्नु लोकतन्त्रका लागि फाइदा नभएको बताउँदै दल फुटाउने अध्यादेश ल्याउन नहुने बताए ।

नेता कोइरालाले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए ।

‘केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शङ्का रहेको छ । यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ,’उनले भने, ‘एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउँदा झन् अस्थिरता हुने देखिन्छ ।’

संविधानको मर्म र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन ल्याउनु गलत रहेको नेता कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *