अमेरिका उडे अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल सोमबारराति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका हुन् ।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

उनी कार्तिक दोस्रो साता स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *