सरकारका गलत कामको विरोधमा काठमाडौंमा माओवादीको खबरदारी सभा

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही कार्तिक १० गते सरकारका गलत कदमको विरोधमा काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध तथा गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन माओवादी पार्टीले काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा यसबारेमा जानकारी दिएका हुन् । पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी उनले बताए ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको लापरबाही,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिने बताइएको छ ।

यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द लगायतका गतिविधिविरुद्ध खबरदारी गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *