ट्युनिसियाका राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपति काइस सइदले सोमवार राजधानी ट्युनिसमा रहेको ट्युनिसियाली संसदको जनप्रतिनिधिको मुख्यालयमा शपथ लिएका छन् ।

आफ्नो सम्बोधनमा सैयदले मातृभूमिको स्वाधीनता र आफ्नो भूभागको अखण्डताको रक्षा गर्ने, देशको संविधान र कानूनको सम्मान गर्ने र त्यसको हितको ख्याल गर्ने एवं त्यसप्रति निष्ठावान रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले आतंकवादसँग लड्ने र भ्रष्टाचारविरुद्धको लडाईं महत्वपूर्ण चुनौति भएकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । ट्युनिसियाको संविधानको धारा ९२ अनुसार निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि पाँच वर्षको कार्यकालको लागि शपथ लिन्छन् ।

अक्टोबर ६ मा भएको राष्ट्रपति निर्वाचनमा ९० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेपछि सैयद दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । ट्युनिसियामा हरेक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । ६६ वर्षीय सइद २०१९ देखि नै पदमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *