नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताए । उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे ।

उनले भने,‘उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

उनले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *