काठमाडौं, दाङ र बाँकेबाट ३९ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले बिभिन्न तीन जिल्लाबाट ३९ जुवाडे पक्राउ गरेको छ । काठमाडौं, दाङ र बाँकेबाट गरि ३९ जना जुवाडे पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको टोखा नगरपालिका–३ धनेश्वरबाट ९ जना जुवाडेलाई सोमबार साँझ पक्राउ गरेको हो ।
धनेश्वरमा डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल मायासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
उता दाङको घोराही उपमहानगरपालिका–१५ उषाटोलबाट पनि १० जना फक्राउ परेका छन् ।
उषाटोलका ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका–६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका–६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *