पेट्रोल भरेर चलाउन खोज्दा बाइक जलेर नष्ट

काठमाडौं । गुल्मीको तम्घासमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ । गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाको लु ८ प १०५३ नम्बरको मोटरसाइकल पेट्रोल भरेपछि स्टार्ट गर्ने क्रममा आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलका अनुसार तम्घास बसपार्कमा रहेको शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी सुरु भएको हो । आगलागीले मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ भने, मानवीय क्षति भने हुन नपाएको जानकारी दिइएको छ ।

नेपाल प्रहरी र रेसुङ्गा नगरपालिकाको नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएपछि पेट्रोल पम्प र आसपासका क्षेत्रलाई ठूला क्षतिबाट बचाउन सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *