सहकारी पीडितको गुनासो– रविका समर्थकहरू घरघरमा आएर धम्क्याउन थाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले पोखरामा सहकारी पीडितलाई धम्क्याउन थालेको आरोप लागेको छ ।

सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको र कुटिएको आरोप लगाएका हुन् ।

सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेको बचाउमा उत्रिएका कार्यकर्ताले सूर्यदर्शनसहितका सहकारी पीडितलाई घरघर पुगेर धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका हुन् ।

रास्वपा सरकारमा हुँदा समेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति पोखराले गुनासो गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *