सहकारी ठगलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा ठगी गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्नेलाई कानुनको दायरामा ल्याउने बताए ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले सुशासन कायम गर्ने बताए ।

‘सरकारले सहकारी ठगी गर्नेलाई कारबाही सुरु गरेको छ, कानुन अनुसार जो भए पनि कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *