दुई ठूला हैसियत भएका दल मिलेर बनेको सरकार हो,ढल्ने दिवासप्ना नदेख्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार दुई ठूला दल नेपाली कांगेस र नेकपा एमाले मिलेर बनेको भन्दै नढल्ने बताएका छन् । उनले बुधवार आफ्नो कार्यकालको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाली कांग्रेस र नेकपा एमाले दुई दल लोकतन्त्रका लागि लामो संघर्ष र बलिदान तथा लामो इतिहास भएका दल हुन् । मुख्य प्रतिस्पपर्धी दल भएपनि जब देश अफ्ठ्यारो स्थितमा भएको हुन्छ । त्यतिवेला राजनीतिक स्थिरता,विकास,सुशासन दुवै दलका साझा प्रतिवद्धता हुन् । कांग्रेस र एमाले जस्ता इतिाहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार हो । ढल्ने दिवासप्ना कसैले नदेखे हुन्छ ।’
उनले सरकार अहिले ढल्छ,भरे ढल्छ, भोली विहानै ढल्छ भन्ने अफवाह फैलाइएको बताउँदै भने,‘यो काम गर्न नदिने उद्धेश्यले फैलाइएको हल्ल हो ।’

सरकार गठन भएकै दिनदेखी असफल पार्ने खेल सुरु भएको उनले बताए । काममा सफलता पाउन कर्मचारी प्रशासनको साथ चाहिने उनले बताए ।

राजनीतिक नेतृत्वले नीती तथा प्राथमिकता अघि बढाउँदा कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए । राष्ट्रियताको रक्षा,सुशासन,राष्ट्रिय हितको संरक्षण र विकासका काममा सरकारले कसैंसग सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *