चलचित्र पूर्णबहादुरको सारङ्गीको गीत ‘रैया चाँदीको’ सार्वजनिक

काठमाडौँ । आगामी कात्तिक १५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ ।

यस गीतलाई गायक आशिष अभिरल र मेलीना राईले आवाज दिएका हुन् । गीतमा नवराज पन्तको शब्द रहेको भने संगीत आशिष अभिरलकै रहेको छ ।

८ मिनेट ४७ सेकेन्ड लामो भिडिओमा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीलाई सारङ्गी बजाउँदै दोहोरी गाइरहेको देख्न सकिन्छ ।

अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *