म्याद थप्न रवि र छवि दुवैलाई अदालत लगियो

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी आरोपमा अदालतमा उपस्थित गराइएको छ । उनलाई पुनः म्याद थपका लागि बिहीबार बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

यहि प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार यी दुबैमाथि थप अनुसन्धान भइरहेको छ ।

यसअघि, कास्की जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कमला काफ्लेको कार्यकक्षमा लामिछानेको बयान लिइएको थियो । बयानका क्रममा लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको दाबी गरेका छन् । साथै, ‘रवि लामिछाने’ भनेर सहकारी कागजातमा लेखिएको नाम आफू नभएको स्पष्ट पारेका छन् ।

संसद्ले गठन गरेको सहकारी छानबिन समितिले सहकारीको रकम मिडियामा गलत रूपमा प्रस्तुत गरिएको तर रकम हिनामिना गर्ने कार्यमा लामिछानेको अप्रत्यक्ष संलग्नता रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । लामिछाने कात्तिक २ गते वनस्थलीबाट पक्राउ परेका थिए ।

यो पनि : रास्वपाले भन्यो- फैसला जस्तो आए पनि स्वीकार गर्छौं

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *