कार्यकर्ताले दिएको रकम पुगेन, मीनबहादुरको दान स्वीकार गर्‍यौँ : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको भवन निर्माणमा कार्यकर्ताबाट आएको रकम अपुग भएको बताएका छन् ।

उनले पार्टी निर्माणका लागि कार्यकर्ताबाट सहयोग सङ्कलन अभियान चलाइए पनि पर्याप्त रकम सङ्कलन नभएको बताए ।

उनले कार्यकर्ताले दिएको रकम अपुग भएपछि र पुरानो जमिनमा भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जग्गा लिएको बताए ।

पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे विवाद गर्न नमिल्ने बताउँदै उनले सहयोग लिनु स्वाभाविक भएको र त्यसलाई अन्यथा ठान्न नमिल्ने दाबी गरे ।

‘एमाले कार्यकर्ताबाट सहयोग सङ्कलनको अभियान नचलाइएको होइन । बल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पङ्क्ति भित्रबाट सहयोग पर्याप्त सङ्कलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो’ उनले भनेका छन् ।

महाविपत्तिमा भएको क्षतिको पुन निर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *