प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले बोलाएको बैठक साँझ ५ बजे बस्ने छ । यो नियमित बैठक हो ।

प्रधानमन्त्री ओलीले यसअघि सोमबारका लागि बैठक बोलाएका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति नभएपछि प्रधानमन्त्रीले उक्त बैठक रोकेका थिए ।

देउवाको ब्रेकपछि प्रधानमन्त्री ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कदमबाट तत्कालका लागि पछि हटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *