श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल

काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले गोलको वर्षा गरेको हो ।

दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गरेको छ ।

रेखा पौडेल, सविता राना र, सावित्रा भण्डारी साम्बाले गोल गरे । पहिलो हाफमा साम्बाले २ तथा रेखा र सविताले १–१ गोल गरे ।

खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *