कांग्रेस प्रमुख सचेतकको प्रश्न : पार्टी सभापति र पूर्वगृहमन्त्री भएकै कारण लामिछानेले उन्मुक्ति पाउनुपर्ने हो ?

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पूर्व गृहमन्त्री भएकै कारण उन्मुक्ति दिन नहुने बताएका छन् । बिहीबार मकालुखबरसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक घिमिरेले भने,‘सहकारी संस्थाको रकम अपचलनमा छविलाल जोशी लगायत कतिपय व्यक्तिहरु थुनामा छन् । रवि लामिछाने रास्वपा सभापति तथा पूर्वगृहमन्त्री भएकै कारण उन्मुक्ति पाउनुपर्ने हो ?’। उनले जो कोही पनि अनुसन्धानको दायरामा पर्नेसक्ने बताए ।

उनले भने,‘नेपाली कांग्रेस सरकारमै हुँदा कांग्रेस नेताहरु जेल गएका छन् । त्यसकारण कानूनभन्दा माथि कोही छैन,कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने काम गर्नुहुँदैन,त्यो राम्रो होइन ।’ रास्वपाले अनुसन्धानसंगै अदालतलाई प्रभावित पार्ने काम गरिरहेको उनले बताए ।

उनले भने,‘रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले गरिरहेको आन्दोलन गैर लोकतान्त्रिक अभ्यास हो । अशोभनिय र अमर्यादित कार्य हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *