बिछ्यौनामा मृत भेटिए दम्पती, घटना शंकास्पद

कञ्चनपुर । लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई बिहान मृत फेला पारिएको हो ।

त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । ‘घटना शङ्कास्पद छ, उनले भने, ‘मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *