बाबुरामको प्रश्न

‘माओवादी एक ठाउँमा किन जम्मा हुने ? भोजभतेर गर्न ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सबै माओवादीहरु एक ठाउँमा आउनुको कुनै औचित्य नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै डा.भट्टराईले पूर्वमाओवादीहरु एक ठाउँमा जम्मा हुन आवश्यक नरहेको बताए ।

मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएपछि उनले सबै पूर्वमाओवादी एक ठाउँमा किन जम्मा हुने ? भनेर प्रश्न गरेका छन् ।

उनले सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? भनेर प्रश्न गरेका हुन् ।

डा.भट्टराईले सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले सुशासनको मुद्दा उठाउन स्वभाविक नदेखिएको टिप्प्णी गरे । उनले प्रचण्डले सुशासनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेको बताए ।

उनले प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी सुशासनको निम्ति आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज वृद्धिको अवमूल्यन र उनीहरूमाथि ठुलो मजाक हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *