महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिलाहरूले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताए । उनले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताए ।

उनले महिला र बालबालिकाहरूको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री सुडीले महिला र बालबालिकाहरूको सशक्तिकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे । उनले महिला र बालबालिकाहरूको सशक्तिकरणमा भएका समस्याहरूको उजागर गर्दै समाधानको बाटो पहिल्याउन जरुरी रहेको बताए ।

उनले भने, ‘महिला सशक्तिकरण आवश्यक छ । महिलाहरूले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु । म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु । त्यसैले महिला र बालबालिकाहरूको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । महिला र बालबालिकाहरूको सशक्तिकरणमा ठूलो योगदान पुर्‍याउन आवश्यक छ । महिला र बालबालिकाहरूको सशक्तिकरणमा भएका समस्याहरूको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ ।’

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरूको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताए । सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरूलाई निर्मूल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *