छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । कैलाली, घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१–०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१–००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निषर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, पचरौता नगरपालिका–८ लङडाचोकस्थित सडकमा बीआर ०५ एटी ८५९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत रामगढवा घर भएकी ५० वर्षीया गिता ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका–१० स्थित सडकमा चौबिसकोठीबाट पुलचोकतर्फ जाँदै गरेको बा.प्र ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक नवलपरासी पूर्व गैंडाकोट बस्ने ५० वर्षीय प्रेम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *