भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८१’ सुरु (तस्बिरहरू)

काठमाडौँ । भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो २०८१ सुरु भएको छ । शुक्रवारदेखि नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा तिहार फ्लोरा एक्स्पो २०८१ सुरु भएको हो ।

संघले तिहारलाई लक्षित गरि ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ प्रदर्शनी सञ्चालनमा ल्याइएको हो ।

मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने बिरुवाहरू राखिएका छन् । साथै कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीको लागि राखिएको छ ।

उक्त प्रदर्शनी कात्तिक ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ वटा स्टल तथा प्रतिस्पर्धाको २ वटा स्टलसहित जम्मा ७० स्टल रहेको छ ।

एक्स्पो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु एक सय तोकिएको छ । विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *