सहकारी ठगीमा पक्राउ परेका लामिछानेको पक्षमा काठमाडौँमा आन्दोलन (तस्बिरहरू)

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा काठमाडौँमा आन्दोलन सुरु भएको छ ।

पोखरा केन्द्रित आन्दोलनलाई स्थगित गरेर रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो ।

आज काठमाडौँको माइतीघरमा रास्वपाले आन्दोलन गरिरहेको छ । आन्दोलनमा रास्वपाका सांसदसहित नेता कार्यकर्ता र समर्थकहरू सहभागी छन् ।

पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर रास्वपाले आजबाट काठमाडौँमा प्रदर्शन सुरु गरेको हो ।

लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान भइरहेको छ ।

 हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *