बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

केही बेर अघि बैठक बालुवाटारमा सुरु भएको हो । बैठकमा सरकारमा सहभागी सबै दलका नेताहरू सहभागी छन् ।

आजको सत्ता गठबन्धनको बैठकले आगामी कार्यक्रमबारे छलफल गर्ने र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

अघिल्लो बैठकमा आजको बैठकबाट आगामी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *