राष्ट्रिय टेनिस प्रतियोगिता : शिभाली र असभसम्राट बने च्याम्पियन

काठमाडौं । असभसम्राट हाडा र शिभाली गुरुङले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा आज भएको प्रतियोगिताको यु–१४ उमेरसमूहतर्फ सिंगल्समा असभसम्राट ब्वाइजतर्फ र शिभाली गल्र्सतर्फ च्याम्पियन भएका हुन् ।

असभले फाइनलमा साङ्ग्य रोकायालाई ७–६, र ६–१ ले र शिभालीले फाइनलमा मेरिशा थापालाई समान ६–० ले पराजित गरिन् । यु–९ उमेर समूहको सिंगल्समा भिराल अग्रवालले सफलता पाए ।

उनले फाइनलमा कायन चालिसेमाथि ४–१ र ४–२ को सेटमा जित निकाले । ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री च्याम्पियन भए । उनले फाइनलमा जितेन्द्र परियारमाथि ७–५, ३–६, १०–७ को जित रचे ।

सोही उमेर समूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यातको जोडी च्याम्पियन भयो । यस जोडीले फाइनलमा जितेन्द्र र इलम दीक्षितको जोडीलाई हराउँदै सफलता प्राप्त गरेका हो ।

५५ वर्षमाथि उमेर समूहको पुरुष डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले सफलता पायो । यस जोडीले फाइनलमा मनोज शम्शेर राणा र डिगेन्द्र श्रेष्ठको जोडीबाट वाक ओभर पाएको हो ।

पुरुष ६५ वर्षमाथि डबल्समा विदुर विष्ट र भिक्टोर राणाको जोडी च्याम्पियन भयो । यस जोडीले फाइनलमा मनोज राणा र प्रकाश बोगटीको जोडीबाट वाक ओभर पाएपछि सहजै उपाधि जितेको हो ।

यस्तै ४५ वर्षमाथि उमेर समूहको पुरुष सिंगल्समा छेवाङ लामा र कमल भण्डारी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा छेवाङले ६–२ र ६–३ ले सहजै हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *