रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के गर्ला निर्णय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पछिल्लो समयको राजनीतिक परिदृश्य, आर्थिक संकट तथा नागरिकहरूमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने उपाय र पार्टीको भूमिका लगायतका मुद्दामा गम्भीर बहस र निर्णय हुन सक्ने आँकलन गरिएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *