उपत्यकाका यी प्रमुख स्थानमा आज ८ घण्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा आज केही घन्टा अवरूद्ध हुनेछ ।

रत्नपार्क वितरण केन्द्रको नयाँबजार फिडरअन्तर्गत पर्ने बिष्णुमती नदी पुर्व नयांबजार बाट सोह्रखुटे ओरालो हुदैं म्हेपि मन्दिर पुर्व भाग मनाङ्गे गेट, भ्याली कोल्ड स्टोर वखतीपोखरी, ईन्द्रायणी मन्दिर सम्मका क्षेत्रमा बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती ठाउँहरुमा बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।

महाराजगन्ज वितरण केन्द्रको धापासी फिडर अन्तर्गत पर्ने बसुन्धारा, टोखारोड, बानियाटार, ग्राण्डि वरिपरि एरियामा प्रिभेन्टिभ मेन्टिनेन्स कार्यका लागि ती स्थानहरूमा बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने छ । महाराजगन्ज वितरण केन्द्रकै खानेपानी फिडर अन्तर्गत पर्ने गोंगबु, गणेशस्थान, बानियाटार, भण्डारी गाउँ, जाल्पा चोक, धनेश्वर, भत्केको पुल, सांग्लालगायतका क्षेत्रमा पनि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ ।

ती ठाउँमा पनि प्रिभेन्टिभ मेन्टिटेन्सको काम गर्न फिडर सटडाउन गर्नुपरेको प्राधिकरणले जनाएको छ । लगनखेल वितरण केन्द्रको खुमलटार फिडर र रिङरोड फिडर अन्तर्गत पर्ने चापागाउँ दोबाटो, ढोलाहिटी, साङपाङ चोक, सुनाकोठी, ठेचोलगायतका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ । निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *