भारतको ओडिशा र पश्चिम बङ्गालमा आँधीपछि भीषण वर्षा
काठमाडौं । पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रहरूलाई गम्भीर चक्रवात आँधी दानाको प्रभाव परेको छ ।
जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ । शुक्रवार आँधीका साथ भारी वर्षाले जनजीवन प्रभावित बनाएको हो ।
दाना मध्यरातमा ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामरा बीचमा आएको थियो ।
१००–११० किमी प्रतिघण्टाको हावाको गतिमा चक्रवातले ओडिशा र पश्चिम बंगालका धेरै क्षेत्रहरूमा रूखहरू उखेको छ ।
बिजुलीका खम्बाहरु उखेल्दा बिजुली गएको छ । चक्रवातले प्रभावित क्षेत्रमा केही नागरिक सेवा अवरुद्ध र बालीमा क्षति पु¥याउनुका साथै जनजीवन प्रभावित भएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार ल्याण्डफल प्रक्रिया पूरा भएको छ । दुवै राज्यका स्थानीय सरकारहरूले चक्रवात अगाडि झन्डै १० लाख मानिसहरूलाई सुरक्षित स्थानान्तरण गरेका थिए ।
दुवै राज्यका जोखिममा रहेका जिल्लाहरूमा अधिकारीहरूले स्थानीय जनतालाई सहयोग गर्न स्थानीय विपद् व्यवस्थापनका कर्मचारीहरू, प्रहरी, चिकित्सा टोलीहरू, र दमकल सेवाका कर्मचारीहरू सहित राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोलीहरू खटाएको छ ।