प्रधानमन्त्री ओली नै रविलाई बचाउन चाहन्थे : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै सहकारी ठगलाई बचाउन लागेको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै प्रचण्डले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन प्रधानमन्त्री ओली नै लागेको बताए ।

उनले आफू पहिलेबाटै रवि लामिछानेमाथि सहकारी छानबिन संसदीय समिति बनाउन उचित हुन्छ भनेको स्पष्ट पारे ।

‘त्यति बेला रवि लामिछानेको कुरा चलिरहेको थियो । रवि लामिछानेलाई पनि दोषी भए सजाय पाउनुहुन्छ नभए उन्मुक्ति पाउनुहुन्छ । डराउनुपर्ने कारण के छ ? भनेको हो मैले, प्रचण्डले भने ‘त्यही अनुसार रविले पनि बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हर हालतमा बचाउनैपर्छ भन्ने केपी ओली हो । आज म तपाईँहरूलाई यो प्रस्ट भन्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *