नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अङ्कले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको भने शेयर मूल्यमा गिरावट भएको छ ।

कूल एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

समृद्धि फाइनान्स नौ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले नौ दशमलव ७७ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल एसबिआई बैंक छ दशमलव ७९, प्राइम बैंक चार दशमलव १७, रावा इनर्जी चार दशमलव शून्य तीन, आइसिएफसी फाइनान्स तीन दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *