साफ महिला च्याम्पियनसिप

पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको आइतबार दोस्रो सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र भारतले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका हुन् । खेल हुनु अगाडि नेपालले एक खेलाडी परिवर्तन गरेको थियो । मिडफिल्डर सरु लिम्बुको स्थानमा पूजा रानाले खेलिरहेकी छन् ।

पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *