साफ महिला च्याम्पियनसिप : नेपालले फर्कायो गोल,खेल १-१ को बराबरीमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपालले भारत विरुद्ध पहिलो गोल गरेको छ । भारतको पोष्टमा नेपालले पहिलो गोल गरेको छ । खेलको दोस्रो हाफमा नेपालकी सावित्रा भण्डारीले गोल गरेकी हुन् ।

दशरथ रङ्गशालामा जारी खेलमा नेपालले गोल फर्काएको हो । यसअघि दोस्रो हाफमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन् । भारतले गोल गरे लगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोष्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता दिएको थिएन । खेल १-१ गोलको बराबरीमा चलिरहेको छ।

खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *