साफ महिला च्याम्पियनसिप

रोकियो नेपाल र भारतबीचको खेल,कारण यस्तो

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ भएको दोस्रो सेमिफाइनल खेल रोकिएको छ । रेफ्रि र खेलाडीबीचको विवादले खेल रोकिएको हो ।

नेपालले गरेको गोललाई रेफ्रिले मान्यता नदिएपछि विवाद बढेर खेल रोकिन पुगेको हो । खेलको दोस्रो हाफमा भारतले गोल गरेलगत्तै नेपालले पनि गोल गरेको थियो ।

तर,नेपालको गोललाई रेफ्रिले मान्यता नदिएपछि खेल रोकिन पुगेको हो । यसअघि पनि खेलमा विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *