केरूङ नाका सञ्चालनमा
मकालु खबर
२०८१ कार्तिक १२ गते
काठमाडौं । रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ ।
अविरल वर्षाका कारण बन्द अविरल वर्षाले क्षति पुर्याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको हो ।
राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको बताइएको छ ।
रसुवागढी-केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।
मकालु खबर
२०८१ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित