बालुवाटारबाट पक्राउ पर्नेको सङ्ख्या १७ पुग्यो
मकालु खबर
२०८१ कार्तिक १३ गते
काठमाडौं । बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ परेका छन् ।
रवि लामिछाने रिहाइको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन गर्न गएका १७ कार्यकर्ताहरू पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूलाई बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पक्राउ गरेको हो ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दै गएको बताए ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन गरेको उनले बताए ।
मकालु खबर
२०८१ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित