मन्त्रिपरिषद् बैठक : भूमि समस्या समाधान गर्न आयोग गठन

काठमाडौं । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की रहेका छन् । यस्तै महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा.जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी सदस्यमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *