मन्त्रिपरिषद् बैठक

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ डीआईजी किरण राणा र प्राविधिकतर्फ डा.सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *