मन्त्रिपरिषद् बैठक

राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *