मन्त्रिपरिषद् बैठक

उर्जामन्त्रीलाई प्रधानमन्त्रीले भने – लाइन काटिएको विषयमा ‘डिसिजन’ गर्नुस्

काठमाडौं । गत बिहीबार नेपाल विद्युत् प्राधिकरणले ३४ उद्योगहरूमा काटेको लाइनका विषयमा आवश्यक निर्णय गर्न ऊर्जामन्त्री दिपक खड्कालाई निर्देशन दिइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगमा बिजुली काटिएकोबारे ब्रिफिङ गरेका थिए । ऊर्जामन्त्रीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विषय ऊर्जा मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै आवश्यक निर्णय गर्न निर्देशन दिएका हुन् ।

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने अथवा नहटाउने विषयमा भने छलफल नै नभएको बताइएको छ । यही कार्तिक ८ गते प्राधिकरणले उद्योगहरुमा जोडिएको डेडिकेटेड र ट्रंकलाइन काटेको थियो ।

प्राधिकरण उद्योगहरुबाट बक्यौता रकम उठाइछाड्ने पक्षमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *